निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ । यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिक