रुसी सेनामा नेपाली भर्तीबारे परराष्ट्रमन्त्री साउद- अनुमति दिने सरकारको कुनै नीति छैन (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विदेशी सेनामा नेपालीहरुको भर्तीबारे सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै केही मित्रराष्ट्रहरूसँग विगतमा गरिएका समझदारीबाहेक अन्य देशको सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नभएको बताए । उनले भने, ‘सामाजिक सञ्जाल र केही अनलाइनहरूमा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ती भएका भन्ने समाचारहरूको ध्यानाकर्षण […]

सम्बन्धित सामग्री

रुसी सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्योः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपाली भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले नेपाली सेना रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताए। उनले पहिले नेपाली रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा […]

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

नेपाल प्रहरीले अवैध तरिकाले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा अवैध तवरले नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, …

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपालले रुसी सेनामा नेपाली भर्ती भएको तथ्य स्वीकार गरेको छ। वर्षासँगै बढेको चिसोले जाजरकोटका भूकम्पपीडित झाडापखाला, निमोनिया र टाईफाईडबाट ग्रसित बनेका छन्। नेकपाका महासचिव विप्लवसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी जनाएका छन्।

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ। एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ। पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सरकारले सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न निर्देशन दिएको छ। रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालय समिति गठन गरेकोक छ।

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको […]