रुसी सेनामा नेपाली समावेश भएको विषयमा रिपोर्ट बुझाउन मस्कोस्थित दूतावासलाई निर्देशन दिएका छौं : परराष्ट्रमन्त्री

रुस-युक्रेन युद्धमा रुसी सेनामा नेपाली युवा सहभागी भएको विषयमा प्रतिवेदन तयार पार्न भनेर मस्कोस्थित नेपाली दूतावासलाई निर्देशन भइसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । अहिले नै यति संख्यामा रुसी सेनामा नेपाली सहभागी छन् भन्ने एकिन नभएको र कसरी संलग्न छन् भन्ने कुरा नआएकाले थप बोल्न नसकिने उनको भनाइ थियो ।

सम्बन्धित सामग्री

रुसी सेनामा नेपाली : स्वदेश फिर्ताको पहल

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनुभएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उहाँले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको बताउनुभएको छ ।

रुसी सेनामा गएका नेपाली युवाको मृत्युबारे सांसदले मागे सरकारसँग जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रुसी सेनामा नेपाली युवाको अनधिकृत भर्तीबारे सरकार गम्भीर नबन्दा युद्धमा नेपालीको मृत्यु भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईले यसअघि रुसी सेनामा भर्तीको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नआएकोमा समेत असन्तुष्टि जनाए । बजगाईले भने– रसियन […]

रुसी सेनामा नेपालीहरू भर्ती भए/नभकोबारे जानकारी छैन : परराष्ट्रमन्त्री साउद

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ ।  साेमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई अहिलेसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोमा रहेकाे दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताउनुभयो ।  उहाँले भन्नुभयाे, ‘रुसी सेनामा नेपाली भर्...