काठमाडाैं : निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन्।हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श अचानक अव्यवहारिक निर्णय गरेको उनीहरुको गुनासो छ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारकाे