हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय मान्दैनाैँ - निजी शैक्षिक संस्था

काठमाण्डाै – निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएकाे निर्णय नमान्ने बताउनु भयो ।न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै उहाँले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउ...