काठमाण्डाै - हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन भएको छ । अब शनिवार र आइतवार बिदा हुुनेछ ।
प्रशासन क्षेत्रमा कार्यघण्टा बढेको छ । शनिवार र आइतवार बिदा हुने भएपछि कार्यालय समय बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म हुनेछ । शिक्षण संस्थामा शुक्रवारको आधा दिन हुँदै आएको छुट्टी बढाउने र वार्षिक बिदा कट्टा गरेर पठनपाठन हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले हप्तामा दुई दिन ...