अध्यक्ष महर्जनको सम्झनामा देशभरका सुनचाँदी पसल बन्द

आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएपछि उनको सम्झनामा देशभर सुनचाँदीको कारोबार नहुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी महर्जनको सम्झनामा कारोबार बन्द गरिएको बताए । उनले भने, ‘हामी दुई वटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिने छ ।’ महर्जनको उपचारका क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज

सम्बन्धित सामग्री

तीजको पूर्वसन्ध्यामा सुनसान सुनचाँदी पसल ! [तस्वीर]

नेपाली हिन्दु महिलाको पर्व तीजको अघिल्लो दिन सुनसानजस्तै देखिएको काठमाडौं न्युरोडस्थित एक सुनचाँदी पसल । सामान्य बेलाभन्दा बढी कारोबार हुने तीजमा पनि ग्राहक नआएपछि व्यापारी निरास छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

मिटरब्याजमा तीन करोड ठगी गरेका रंगेलीका सुनचाँदी पसले सोनी परिवारसहित फरार

विनाधितो सुनचाँदी पसल दर्ता र अनुगमन अभावमा खुलेआम मिटरब्याज कारोबार  साहुकार पवनकुमार सोनी सुनचाँदी पसलको आडमा खुलेआम मिटरब्याजको कारोबार गर्दै आएका मोरङ रंगेलीका एक साहुकार परिवारसहित फरार भएका छन् । वर्षौँदेखि रंगेली नगरपालिका– ७ स्थित रंगेली...

कैलालीमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार‚ सुनचाँदी पसल सञ्चालक घाइते

धनगढी : कैलालीमा गोली लागेर सुनचाँदी पसलका सञ्चालक घाइते भएका छन्।जिल्लाको अत्तरितास्थित पूर्वरोडमा अज्ञात दुईजनाले गोली हान्दा ३१ वर्षीय विकास गौतम घाइते भएका हुन्। उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पताल लगिएको प्रहरीले बताएको छ।प्रहरीका अनुसार न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक गौतममाथि गोली प्रहार गरिएको हो।मोटरसाइकलमा आएका दुईजनाले सुविधा होटलअगाडि गौतमलाई दुई गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्र पाण्डेले थाहाखबरलाई बताए। गोली हान्

सुनचाँदी पसल लुट्न आएकाले सञ्चालकमाथि गरे आक्रमण

सुनचाँदी पसल लुट्न आएको समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हतौडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् । बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए ।  संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा

सुनचाँदी व्यवसायमा नियमनको खाँचो

देशमा बर्सेनि अर्बौं रुपैयाँको सुनचाँदीको कारोबार हुने गरेको छ । देशभरमा सानाठूला गरी २३ हजारभन्दा बढी सुनचाँदी पसल रहेका र यस क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष गरी ३ लाखभन्दा बढीले रोजगारी गरिरहेकोे अनौपचारिक तथ्यांक छ । सुनचाँदी व्यवसायले ठूलै आकार ओगटिरहेको अवस्था भए पनि यो व्यवसायलाई व्यवस्थित र नियमित गर्ने उपयुक्त कानुनी आधारको अभावमा एकातिर उपभोक्ताहरू […]

सुनचाँदी पसल लुटपाट प्रकरण : अदालतले ४ जनालाई पठायो जेल, ३ जना धरौटीमा रिहा

विराटनगर : जिल्ला अदालत मोरङले सुन्दर–हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ। न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।अदालतको आदेशअनुसार संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ

सुनचाँदी पसल लुटपाटमा पूर्वनेपाली सेना र पूर्वमाओवादी लडाकु संलग्न

मोरङ प्रहरीले लुटपाटका घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरूको साथबाट प्रहरीले अत्याधुनिक हातहतियारसमेत बरामद गरेको छ । पक्राउ पर्नेमध्ये एकजना पूर्वनेपाली सेना र एकजना पूर्वमाओवादी लडाकु रहेको मोरङ प्रहरीले जनाएको छ । गएको साउन १ गते मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हातहतियारसहित लुटपाट गर्न पुगे पनि उनीहरू असफल भएका […]

पेस्तोल देखाएर सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ५ जना पक्राउ

मोरङको सुन्दरहरैंचास्थित एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने ५ जनालाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो...

दुई वटा सुनचाँदी पसलमा चोरी

गुल्मीको  सदरमुकाम तम्घासमा  गएराति दुई वटा  सुनचाँदी पसलमा  चोरी  भएको  छ्  ।भिमचोकस्थित  सुनचाँदी व्यावसायिक संघका  अध्यक्ष बालकृष्ण बरालको   दिपेन्द्र  मुना  सुनचाँदी  पसल र  श्रीकृष्ण सुनारको  शिव  पार्वती  नामक पसल  तोडफोड  गरि  चोरी  भएको  हो ।आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी दिए।