काठमाडौंको तार्केश्वरमा रहेको सुनचाँदी पसलमा लुटपाट, फरार रहेका लुटेराको खोजी गर्दै प्रहरी

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा रहेको गोसाईकुण्ड सुनचाँदी पसलमा लुटपाट भएको छ। सोमवार साँझ करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ लुटपाट भएको प्रहरीले जानकारी दिएको छ। सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाइते बनाएर उनको…

सम्बन्धित सामग्री

फरार प्रतिवादी खोज्दै बैतडी प्रहरी, ४ जना समातिए

बैतडी : बैतडीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमध्ये जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन्।बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो। विष्फोटक पदार्थसम्बन्धी कसुरमा १ महिना १९ दिन कैद सजाय सुनाइएपछि फरार रहेका दशरथ

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

दाङ– चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार […]

कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार

धनगढी, भदौ १२ । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधवार राति ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्। बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि […]

प्रहरी भ्यानबाट बलात्कारका आरोपित फरार

जनकपुरधाम- धनुषामा प्रहरीको भ्यानबाट बलात्कारका अभियुक्त फरार भएका छन्। बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराइ इलाका प्रहरी कार्यालय, सबैला लग्ने क्रममा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम […]

फरार अभियुक्त धमाधम पक्राउ गर्दै रौतहट प्रहरी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान

पक्राउ गरेर प्रहरी कार्यालय लैजाँदै गरेका युवा फरार

कैलालीको जोशीपुर गाउँपालिकामा एक युवा प्रहरी नियन्त्रणबाट हतकडीसहित फरार भएका छन् । आफ्ना बुवालाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले जोशीपुर–४, का २८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको...

प्रहरी हिरासतबाट आरोपित फरार

‘फरार अभियुक्तखाँलाई खोज्न फिल्डमा प्रहरी खटिएको छ।’ हिरासतबाट अभियुक्त कसरी फरार भएको छानविन भइरहेको छ’ डिएसपी सुवेदीले भने, ‘छानविनपछि डिउटीमा लापरवाहीगर्ने प्रहरीलाई विभागिय कारबाही हुनेछ।’...

फरार अभियुक्त खोज्दै पर्सा प्रहरी

जिल्ला प्रहरी कार्यालयले पर्साले फरार रहेका अभियुक्त खोजी कार्यलाई तिव्र बनाएको छ । जिल्लास्थित प्रहरी र अदालतमा मुद्धा परि फरार रहेकाहरुको खोजीकार्यलाई तिब्र बनाइएको हो ।  पर्साका प्रहरी प्रमुख रमेश कुमार...

प्रहरी हिरासतबाट थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।  थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र...

फरार अपराधीहरुको फाइल पल्टाउँदै मकवानपुर प्रहरी, एकैदिन ३ जना पक्राउ

मकवानपुर प्रहरीले एकै दिनमा ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार लागु औषध मुद्दामा ९ वर्षदेखि फरार भएका हेटौडा १ का सुजित लामालाई पक्राउ गरेको हो।