सुनचाँदी पसल लुटपाट प्रकरण : अदालतले ४ जनालाई पठायो जेल, ३ जना धरौटीमा रिहा

विराटनगर : जिल्ला अदालत मोरङले सुन्दर–हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ। न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।अदालतको आदेशअनुसार संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ