पेस्तोल देखाएर सुनचाँदी पसल लुटपाट गर्न खोज्ने ५ जना पक्राउ

मोरङको सुन्दरहरैंचास्थित एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने ५ जनालाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१० विराट चोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरीले पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो...

सम्बन्धित सामग्री

आफ्नै पसलमा चोरी गरेको आरोपमा सञ्चालकसहित ५ जना पक्राउ

१८ असार, काठमाडौं । चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको …