काठमाण्डाै – चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चाेकका स्थानीवासीले विराेध प्रदर्शन गरेका छन् । आज बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, केरुङ, खासा नाका खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’
...