कोभिडको बेला बन्द भएको उत्तरी गोरखाका दुई नाका खुलाउन चुमनुव्री गाउँपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै चीन प्रवेश गर्ने छेकम्पारतर्फको ङुइला भञ्ज्याङ र सामागाउँको रुइला भञ्ज्याङ नाका खुला गर्न मित्रराष्ट्र चीन सरकारसँग कूटनीतिक माध्यमबाट पहल गरिदिन माग राखेका हुन् ।