चन्द्रपुर नगरपालिका रौतहटमा एमालेले कांग्रेसलाई उछिन्यो
चन्द्रपुर नगरपालिका रौतहटमा एमालेले कांग्रेसलाई उछिनेको छ । पछिल्लो मत परिणामअनुरसार एमालेले ३३६२ मत पाएको छ भने कांग्रेस १० मतले पछि परेको छ । उसले ३३५२ मत पाएको छ । माओवादीले भने २५५५ मत प्राप्त गरेको छ ।
३१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् । उनले २ हजार १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो । निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार बलराम राउतले २ हजार १० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका उम्मेदबार बिरु रखालले १ हजार १ सय […]
नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुङ्ग्याएको छ । स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदैछ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । वैशाख ३ गतेदेखि ६ गतेसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो । नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गर
काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।
चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ ।
हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।
काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ ।
यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ ।
एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् ।
यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।