लेटाङ घटना: स्थानीय त्रसित, पठनपाठन अनिश्चित

काठमाडौं । मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी कालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ । सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो । विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर […]

सम्बन्धित सामग्री

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको गोली लागेर हत्या भएको पुष्टि

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका प्रहरी र स्थानीयबीचको झडपमा मृत्यु भएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गाली हानेर हत्या भएको खुलेको छ। पोस्मार्टम रिपोर्टमा उर्मिलामाथि धारिलो हतियार नभएर गोली लागेको पुष्टि भएको हो।विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ। प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महिला प्रहरीको शरीरबाट गोली निकालिएको उल्लेख छ। तर, यसअघि धारिलो हतियार प्

लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रूप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्नको […]

लेटाङ घटना: कर्फ्यू जारी,९ जना पक्राउ

लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। सोमबार बिहानदेखि लगाइएको कर्फ्यू जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो

लेटाङ घटना जघन्य र आततायी : मन्त्री घिमिरे

प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले मोरङको लेटाङमा आइतबार भएको घटना जघन्य र आततायी भएको बताएका छन् । आज साँझ एक विज्ञप्ति जारी गरेर उनले लेटाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफु स्तब्ध भएको पनि बताएका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री घिमिरेले आइतबारको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘मिति २०७८ चैत्र ४ गते शिक्षा विकास

लेटाङ घटना अनुसन्धानका लागि १२ जना पक्राउ

७ चैत, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए । […]

लेटाङ घटना : छात्राको सुरक्षा माग गर्दै विप्लव निकट विद्यार्थीको प्रदर्शन

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले मोरङको लेटाङमा भएको घटनाको विरोधमा प्रदर्शन गरेका छन्। माइतीघरमा विद्यार्थीहरुले छात्राको सुरक्षाको ग्यारेन्टी माग्दै धर्ना दिएका हुन्। गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना…

मोरङ लेटाङ घटना : प्रहरीको नियन्त्रणमा पाँच जना, बाँकीको खोजी जारी

काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी…

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...