लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...

सम्बन्धित सामग्री

लेटाङ घटना : दोस्रो दिन पनि लेटाङमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा मङ्गलबार दोस्रो दिन पनि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार बिहानदेखि सुरु भएको कर्फ्यु आदेश मङ्गलबार पनि जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा लेटाङको चिसाङ खोलाको पुल पूर्व, मोरङ्गी खोला पश्चिम, वडा नं.६ को कार्यालय दक्षिण र गङ्गे चौक कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । आज प्रहरीले माङकिङ समेत गरेको छ । शान्ति सुरक्षा कायम राख्न र थप क्षति नहोस् भनेर कर्फ्यू आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो