सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई

काठमाडौँ- नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् । उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

सम्बन्धित सामग्री

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ। उनले बुधबारबाट औपचारिकरुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। भण्डारीअघि नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल रहेका थिए।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारीले जिम्मेवारी पाएका छन्।सहायक रथी नारायण सिलवाल भण्डारीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीलाई दिइएको छ। झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो। एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिलवालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दैछन्। सहायक रथी सिलवाललाई सेनाले काठमाडौँ–तराई द्रुतमार्गको अनुगमन तथा समन्वय […]

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडाैं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । एक वर्षअघि प्रवक्तामा नियुक्त हुनुभएका हालका प्रवक्ता नारायण सिल्वालले उहाँलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन […]

सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले  बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए ।  तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।

सिलवालले सम्हाले सैनिक प्रवक्ताको जिम्मेवारी

काठमाडौँ– नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिक रुपमा सम्हालेका छन्। करिब डेढ वर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरे। बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको […]

नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता सन्तोष बल्लभ पौडेल आजबाट उक्त जिम्मेवारीबाट बाहिरिएपछि उनले नयाँ जिम्मेवारी सम्हालेका हुन्। ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु,’ सिलवालले भनेका छन्, ‘यहाँहरूबाट विगतमा झैँ साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु।’

नेपाली सेनाको प्रवक्तामा सिलवाल

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।उनले भनेका छन् : ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’ यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । पौड्यालले पन

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको […]