बरन्डाभार वन क्षेत्रमा पर्ने कालिका–१ को चतुर्मुखी सामुदायिक वनमा सोमबार दिउँसो एउटा भाले बाघ मृत फेला परेको छ । बाहिरी घाउचोट केही नदेखिएको अन्दाजी तीन/चार वर्षको उक्त बाघ एक/दुई दिनअघि नै मरेको हुन सक्ने भरतपुरस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए ।