मौसम बद्लीसँगै घट्न थाल्यो अधिकतम तापक्रम

काठमाण्डाै - देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेक अन्य पाँच प्रदेशका पहाडी क्षेत्रमा  मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दुई/तीन दिनयता नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । यही प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ । मध्य दिउँसाेको समयमा मौसम बद्ली हुन थालेकाले अधिकतम तापक्...

सम्बन्धित सामग्री

बढ्यो गर्मीः भैरहवाको अधिकतम तापक्रम ३४.५ डिग्री, काठमाडौंको २७.२

पछिल्ला केही दिनयता नेपालको तापक्रम बढीरहेको छ । मौसम पूर्वानुमान महाशाखले केही दिनदेखि तापक्रम बढ्दै गएको जानकारी दिएको छ ।

बिहानैदेखि गर्मी : अधिकतम तापक्रम बढ्दै

काठमाण्डौ – देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ । केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४०  डिग्री सेल्सियस नाघेको छ । मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको छ । अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ । आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का ...

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

यो हिउँदमा सरदरभन्दा कम पानी पर्ने, अधिकतम तापक्रम बढी हुने

काठमाडौँ – हिउँदको तीन महिना देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले गरेको हिउँद अवधिको आँकलनमा धेरै क्षेत्रमा औषतभन्दा कम वर्षा हुने देखिएको हो। महाशाखाले मंसिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलन सार्वजनिक गर्दै देशभर यो अवधिमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने […]

काठमाण्डौको अधिकतम तापक्रम घट्यो

काठमाण्डौ – काठमाण्डौ अधिकतम तापक्रम घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो । अस्ति २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्ड...

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो। महाशाखाका अनुसार […]

यो हिउँदमा वर्षा कम र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना

काठमाडौँ – जाडो यामको तीन महिना (हिउँद) कुल वर्षा सरदर भन्दा कम हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाले जारी गरेको हिउँद अवधिको हावापानी आँकलन अनुसार यो वर्षको हिउँदमा वर्षा सरदर भन्दा कम तथा अधिकतम तापक्रम भने औषत भन्दा बढी हुने देखिएको हो । न्यूनतम तापक्रम […]