न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो। महाशाखाका अनुसार […]

सम्बन्धित सामग्री

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो। काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ।

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । आज शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम तापक्रम भने १९ डिग्री छ । मौसमविद्हरूका अनुसार साँझ […]

काठमाडौंमा चिसो बढ्यो, आज तापक्रम ७.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकामा बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षकै सबैभन्दा कम तापक्रम हो।बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिए। न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ। काठमाडौंसहित देशभर नै चिसो बढेको छ। बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो।

वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ?

काठमाडौं– वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो डडेलधुराको अधिकतम तापक्रम नै ०.८ डिग्री सेल्सियसमा झरेको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ०.६ डिगी सेल्सियस मापन गरिएको छ। हिजो २७ दशमलव ४ मिलिमिटर पानी परेको छ। […]

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।  गत एक सातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाको विवरणमा एक साताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १

काठमाडौंमा चिसो बढ्यो, देशका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । ४ दिन अघि न्यूनतम तापक्रम ११ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । आज दिउँसो बागमती, गण्डकी तथा

देशभर चिसो बढ्यो

मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।   अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौस...

देशभर चिसो बढ्यो, तत्काल वर्षा नहुने

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम न्यूनतम दुई डिग्री

कात्तिक १३, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रवार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री रहेकोमा शनिवार १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।             अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।             हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस