काठमाण्डाै – पानी पर्न छाडेपछि देशभर गर्मी बढेको छ । पानी पार्ने कुनै मौसमी प्रणाली नभएकाले निरन्तर मौसम सफा रहेको र घाम लागेर जमिन तातेकाले गर्मीको महसुस हुन थालेको हो ।
मौसमविद् सजिना शाक्यका अनुसार आज बिहीवार काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।
यो क्रम निरन्तर दुई दिनसम्म रहने अनुमान गरिएको मौसमविद् शाक्यले जानकारी दिनुभयो । पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएक...