काठमाण्डाै - पानी परेसँगै काठमाण्डौको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घटेको छ । वैशाख पहिलो हप्ता २९ देखि ३० डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो २१ डिग्री सेल्सियसमा झरेको छ ।
गएको चैत अन्तिमतिर काठमाण्डौको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, केही दिनयता लगातारजसो पानी परिरहेकाले अधिकतम तापक्रम घट्दो छ । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।
तराईका जिल्लामा ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले ३४ देखि ३५ डिग्री सेल्सियससम्म झरेको छ । वर्षासँगै मौसम ...