प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटीभी)ले समयानुकूल प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी बन्नु आवश्यक भएको बताउनुभएको छ । नेपालको सबैभन्दा जेठो नेपाल टेलिभिजनकोे ३७औँ वार्षिकोत्सवका अवसरमा सोमबार शुभकामना दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । समयअनुसार परिस्कृत र प्रतिस्पर्धी भएर अझ अब्बल बन्दै अघि बढ्न जोड दिनुहुँदै प्रधानमन्त्री देउवाले एनटीभी सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपालका विभिन्न कालखण्डको सामाजिक र राजनीतिक परिवर्तनको साक्षीका रूपमा यो टेलिभिजन रहेको छ भन्नुभयो ।