५ दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णित बन्दै गएको छ ।
गठबन्धन आबद्ध दलहरूबीचको पटक–पटकको बैठकमा सहमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी २ पटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा ५ दलीय सत्ता गठबन्धन बनेको थियो तर एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म...