एमसीसी उपाध्यक्ष फातिमासहितको उच्चस्तरीय टोली भेटघाटमा व्यस्त

काठमाडौं (अस) । सम्झौता भएको चार बर्ष पुग्नै लाग्दा समेत संसद्बाट एमसीसी सम्झौता अनुमोदन हुन नसकिरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको ४ दिने भ्रमणका क्रममा बिहीवार काठमाडौं आइपुगेको हो । नेपाल आएलगत्तै उच्चस्तरीय टोलीले राजनीतिक भेटघाटलाई तीव्र पारेको छ । पहिलो भेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बिहीवार बालकोटमा भयो । टोलीसँगको शिष्टाचार भेटमा ओलीले सत्तारूढ दलहरूको धारणा नआई त्यस सम्बन्धमा आप्mनो पार्टीले धारणा नबनाउने बताए । भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अध्यक्ष ओलीले फातिमा नेतृत्वको टोलीलाई दिएको जवाफ उद्धृत गर्दै उनले भने, ‘हामी विपक्षमा छौं । सत्तारूढ पार्टीको पोजिशन के हो ? त्यो स्पष्ट भएपछि मात्रै आफ्नो धारणा राख्छौं ।’ यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच बिहीवार नै भेटवार्ता भएको छ । बिहीवार साँझ सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । उपाध्यक्ष फातिमाले लामो समय ‘नेगोशिएशन’ भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राखेकी थिइन् । फातिमासहितको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूसँग भेटवार्ता गरी एमसीसीबारे धारणा माग गर्ने कार्यतालिका छ । छिल्लो समय देशै आन्दोलित बन्दै गएको छ । तर, एमसीसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको छ । संसद्मा विचाराधीन एमसीसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ ओटा प्रश्नमा आधारित भई एमसीसीको मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रचारको जवाफ दिँदै बुधवार अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको स्पष्टीकरण दिएको थियो । मुख्यालयले एमसीसीसँग सम्बद्ध बौद्धिक सम्पत्तिमा नेपालकै स्वामित्व हुने, परियोजना सञ्चालनका लागि खरीद गरिएका जग्गा स्वतः नेपाल सरकारको स्वामित्व जाने, लेखा परीक्षण नेपालकै महालेखा परीक्षकबाट हुने जवाफ दिएको छ । सम्झौतामा बौद्धिक सम्पत्तिमा अमेरिकको हक दाबी रहने, खरीद गरिएका जग्गा अमेरिकाको स्वामित्वमा जाने र त्यसलाई उसले आपूmअनुकूल प्रयोग गर्न सक्ने जस्ता प्रावधान रहेको भन्दै नेपालमा विरोध हुँदै आएको छ ।

सम्बन्धित सामग्री

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेपालको चारदिने भ्रमणका लागि उहाँहरु आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुग्नुभएको हो । उच्चस्तरीय भ्रमणको लागि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । […]

एमसीसी सम्झौतामा अमेरिकाको चासो, उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाण्डाै - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनबारे विवाद र बहस भइरहेका बेला एमसीसी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदै हुनुहुन्छ। अर्को हप्ता उहाँ एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने हुनुभएको छ । पाँच दिन नेपाल रहँदा उहाँहरुले एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पा...