नेपालका प्रमुख राजनीतिक दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चपेटामा परेका छन् । एमसीसीसँगको अनुदान सम्झौताका कारण सत्ता गठबन्धन संकटमा परेको छ भने सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले नजिकिएका छन् । एकीकृत समाजवादी र जनता समाजवादीभित्र पनि एमसीसीका कारण विवाद छ ।