कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै एक महिला श्रीलंका पुर्याएर बेचविखनमा परेकी छन् । महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेमबहादुर सुबेदी रहेको प्रहरीले जनाएको छ । सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए । श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

सम्बन्धित सामग्री

मानव तस्करीको जोखिममा कर्णालीका महिला र बालिका

कर्णालीमा यसरी बेचबिखनमा पर्ने महिला र बालिकाहरू भारतसहित श्रीलंका, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यानमारलगायत देशमा पु्ग्ने गरेका गरेका छन् ।

'कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बन्धक'

काठमाडौं -  महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसह...

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

बाबर आजमको कप्तानीमा पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । अगस्ट २७ बाट हुने एसियाकपका लागि पाकिस्तानले बाबरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।पाकिस्तान एसिया कपको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यस समूहमा रहने छन् ।समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समू

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलंका र मंगलवार कुवेतसँग खेल्नेछ । यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगान...

यू-१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौँ- एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुनेछ । समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा द

यू-१९ एसिया कप क्रिकेटको समूह विभाजन, समूह ‘बी’ मा नेपाल

काठमाडौं, मंसिर २२ । अर्को महिना युएईमा हुने यू–१९ एसिया कपको समूह विभाजन भएको छ । समूह बी मा परेको नेपाल तुलनात्मक सहज समूहमा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल […]

कुवेत पठाइदिने भन्दै २५ जना महिलालाई श्रीलंका लगेर बेच्ने सावित्री जेल चलान

काठमाडौं । २५ जना महिलालाई नेपालबाट श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।   पीडितको जाहेरीको आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रतिवादी सावित्री देवी मलाह भन्ने सावित्री मुखियालाई असार २२ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले पुपक्र्षका लागि...

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, …

दिल्ली, श्रीलंका, ओमान र कुवेतसम्म दलालको बिगबिगी

काठमाडाैँ: उदयपुरकी ३० वर्षकी सुनैना राई (नागरिकतामा सुनिता राई) वैदेशिक रोजगारीको सिलसिलामा तीन पटक कुवेत पुगिन्। अगाडिका दुई पटकका यात्रा सुखद नै भए। तेस्रो यात्रा भने उनी सम्झिन पनि चाहन्नन्। पहिलाे पटक कुवेत जाँदा उनी सानै थिइन्, गएको मितिसमेत याद छैन। उनी हस्तलिखित राहदानीमार्फत नै गएकी थि...