बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ आम्बासा सुकुम्बासी गाउँकी २८ वर्षीया कमला परियार बिरामी भएको झन्डै एक वर्ष भयो । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि उहाँ गएकाे छ महिनादेखि ओछ्यानमा हुनुहुन्छ ।
स्थानीय नगर अस्पताल, जिल्ला अस्पताल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुगेर उपचार गर्दा कमलालाई निको हुन सकेन । शुरुमा टनसिल भएपछि उहाँ बिमारी हुनुभएकाे हाे, अहिले हातखुट्टा दुख्ने, ज्वरो आउने र उठ्न बस्न नसक्ने समस्याले ग्रसित हुनुहुन्छ । डाक्टरले क्षयराेग भएकाे बताएपछि उहाँले जिल्ला अस्पालब...