एभरेस्ट अस्पतालमा डेंगुको उपचार, सुरु भयो जनरल वार्ड

नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले डेंगुको उपचारका लागि जनरल वार्ड सञ्चालनमा ल्याएको छ। यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबीसै घण्टा बिरामीको सेवामा खटिरहेका छन्।‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले भने- ‘यहाँ अति न्युन शुल्कमा बिरामी भर्ना हुनसक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपा