प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झ