उपचार अभावमा सप्तरीमा पाँच जना विपन्न मधेसी दलितको ज्यान गएको भन्दै मधेसी आयोगले चासो व्यक्त गरेको छ । सप्तरीको कंचनरुप नगरपालिकामा पछिल्लो समय दलित समुदायका व्यक्तिहरुको उपचार अभावमा ज्यान गइरहेको र बिरामीहरुको उपचारमा आर्थिक समस्या भइरहेको समाचारहरु संचारमाध्ययमका सार्वजनिक भएको थियो ।