साना रेष्टुराँ तथा खाजा घरका परिकार समेट्दै ‘पठाओ लोकल’

साना रेष्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सेवा सुरु गरेको छ ।  शून्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो व्यवसाय आधिकारीक दर्ता गरेको हुनुपर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन् ।हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले जनाएको छ । यस कार्यक्रममा जोडिने व्यवसायीको कमिसनमा समेत छुट दिएको हमा

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकको क्यूआर कोड वितरण

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले क्यूआर कोड वितरण गरेको हो । सोमवार बैंकको महाराजगञ्ज शाखा र भाटभटेनी शाखाले फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटेल तथा रेष्टुराँ लगायत विभिन्न पसलमा क्यूआर कोड वितरण गरेको हो । उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबार निरुत्साहित भई डिजिटल बैंकिङ कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आगलागीबाट लेकसाइडका पाँच पसलमा क्षति

पर्यटकीय सहर पोखराको लेक साइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ  ।  बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पुर्याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रण

पोखराको लेकसाइडमा आगलागीबाट पाँच पसलमा क्षति

पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ  । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्र

चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

चितवन । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आइतवार जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा बन्द गर्ने बताइएको छ ।   आदेशमा भनिएको छ, ‘जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगित गरिनेछ ।’ आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघिकै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तोकिएका बाहेकका अन्य पसल आइतवार, मंलवार र बिहीवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुराँ, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइनेछ । यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाएका हुन् । यसैबीच, भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले आइतवार सार्वजनिक सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनैपर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ । रासस

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको नेपालकै लामोे झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरू भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षाका कारण घरमै बस्न बाध्य आन्तरिक पर्यटकले पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुलको लम्बाइ ५६७ मिटर रहेको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद उद्यानबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने सो पुलमा अहिले आन्तरिक पर्यटक आउन थालेका हुन् । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आएका छैनन् । निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउने बढेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । पुल निर्माण गर्दा असर परेको शहीद उद्यानमा बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेकाले पनि पर्यटक बढ्न थालेका छन् । साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकको भीड लाग्ने गरेको छ । नियमित रूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।      ४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै पुल निर्माणपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं,’ उनले भने ।  रासस

केही खुकुलो पारियो बागलुङमा निषेधाज्ञा

खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’म