महालक्ष्मी विकास बैंकको क्यूआर कोड वितरण

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले क्यूआर कोड वितरण गरेको हो । सोमवार बैंकको महाराजगञ्ज शाखा र भाटभटेनी शाखाले फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटेल तथा रेष्टुराँ लगायत विभिन्न पसलमा क्यूआर कोड वितरण गरेको हो । उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबार निरुत्साहित भई डिजिटल बैंकिङ कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक र पोखराको ओम हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र पोखराको चिप्लेढुंगास्थित ओम हस्पिटल डाइग्नोस्टीक एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले ओम हास्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउने छन् ।सम्झौताअनुसार यस महालक्ष्मी विकास बैंकको क्यूआर कोड, डेविट कार्ड वा मोवाइल बैंकिङमार्फत भुक्तानी गर्दा बेड चार्ज, अपरेसन चार्ज, ल्याव चार्जलगायतमा १२ प्रतिशत र फार्मेसीमा ७.५० […]

पसल-पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड

महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत्त रुपमा क्यूआर कोड वितरण गरेको हो । […]