खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’म