चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

चितवन । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आइतवार जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा बन्द गर्ने बताइएको छ ।   आदेशमा भनिएको छ, ‘जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगित गरिनेछ ।’ आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघिकै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तोकिएका बाहेकका अन्य पसल आइतवार, मंलवार र बिहीवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुराँ, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइनेछ । यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाएका हुन् । यसैबीच, भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले आइतवार सार्वजनिक सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनैपर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ । रासस

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो ।  सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका छन् ।यसैबीच काभ्रे कोरोनामुक्त भएको छ । दश दिनयताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन् । कोहीमा प

काभ्रेपलान्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो । सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका […]

पाल्पा प्रशासनले आइतबारदेखि नियमित सेवा दिने

२२ माघ, पाल्पा । कार्यालयका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ । संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतबारदेखि सेवा नियमित गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको […]

कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा

भरतपुर, १९ माघ । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द […]

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

खोटाङ : खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ।कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भाइरस फैलिन नदिन सोमबारदेखि माघ १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ।यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि मंगल

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामकालागी स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड […]

आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आउँदो आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ ।  गएको वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । तर सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान ग...

काठमाडौँ जिल्ला प्रशासनले आजदेखि नियमित सेवा दिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि नियमित सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै सेवा बन्द गरेको प्रशासनले निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सेवा प्रदान गर्ने भएको हो । सोमबार सूचना जारी गर्दै आजदेखि सेवा ग्राहीलाई नियमित सेवा दिने जानकारी दिएको छ । सेवाग्राहीले सेवा […]

ललितपुरमा भोलिदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

जिल्ला प्रशासन कार्यालय ललितपुरले सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका हुन् । तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ । यसैगरी प्रशासन कार्यालयले स...