पुनर्निर्माणमा आगामी वर्ष झण्डै डेढ खर्ब - BBC नेपाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले आगामी वर्षका लागि झण्डै डेढ खर्ब रुपैयाँको बजेट स्वीकृत गर्दै पुनर्निर्माणसम्बन्धी विभिन्न कार्ययोजना अनुमोदन गरेको छ।
आगामी आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म नेपालको सार्वजनिक ऋण साढे २५ खर्ब पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत बजेटमा आगामी आवमा नेपाल सरकारले तिर्नुपर्ने ऋण...
२२ वैशाख, काठमाडौं। सार्वजनिक ऋण भुक्तानीको दायित्व बढ्दै जाँदा सरकारी वित्त व्यवस्थापनमा थप दबाव पर्दै गएको छ । सार्वजनिक ऋण सावाँ तथा ब्याज भुक्तानीको अनिवार्य दायित्व ठूलो दरमा बढ्ने भएपछि आगामी आर्थिक वर्षको बजेट निर्माणमै सकस परेको छ । चालु आर्थिक वर्षको चैतसम्म मात्रै सरकारले आन्तरिक ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि १ खर्ब २४ […]
२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपाल भन्दा बाहिरका दाताबाट अनुदान र ऋण गरी झण्डै ३ खर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ मात्र राजस्वबाट स्रोत जुटाउन […]
२० वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ६६ अर्ब रुपैयाँ सम्म आन्तरिक ऋण उठाउन पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको सीमाभित्र रहेर आन्तरिक ऋण उठाउन सक्ने सिफारिस सरकारलाई गरेको छ । यो सीमाभित्र रहँदा सरकारले आन्तरिक ऋणका […]
एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेर फेरी केही घटेको छ । यसले लगानीकर्तालाई उत्साहित पारेको त छ तर आगामी वर्ष पनि कम्पनीको प्रगती यस्तै हुन्छ, यसबारे शंका भने छ ।आईफोन बनाउनेवाला कम्पनी एप्पलको बजार मूल्य सोमबार अमेरिकी सेयर बजारमा थोरै ओरालो लाग्नुु भन्दा अघि ३० खर्ब डलरको रेकर्डमा पुगेको थियो । एप्पललाई यो स्तर कायमै राख्न मुश्किल भएपनि कम्पनीप्रति लगानीकर्ताको विश्वास स्पष्ट रुपमा देख्न सकिन्छ । एप्पल ३० खर्ब डलरको बजार मूल्य छुने विश्वकै पहिलो कम्पनी बनेको छ । वर्षको पहिलो दिन व्यापारक
पुस ११, टोकियो । विश्व अर्थतन्त्र पहिलो पटक सन् २०२१ मा १ हजार खर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ ।
चीन, यसअघि अनुमान गरिएको भन्दा थोरै ढिला अमेरिकालाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ । आइतवार बेलायती परामर्शदाता कम्प्नी सेबरले यस्तो बताएको हो ।
सेबरका अनुसार डलरका आधारमा चीन सन् २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । यो यसअघि अनुमान गरिएको भन्दा दुई वर्ष ढिला हो । भारतीय अर्थतन्त्रले भने आगामी वर्ष फ्रान्सलाई उछिन्नेछ । सन् २०२३ मा भने यसले बेलायतलाई उछिनेर विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्ने पनि सेबरको भनाइ छ ।
२०२० को दशकको सबैभन्दा महत्वपूर्ण सवाल विश्वको अर्थतन्त्रले मुद्रास्फीतिको समस्या कसरी समाधान गर्छ भन्ने भएको सेबरका डेपुटी अध्यक्ष डगलास म्याकविलियम्यसले बताएका छन् ।
प्रतिवेदनअनुसार सन् २०३३ मा आर्थिक उत्पादनका आधारमा जापानलाई उछिन्ने क्रममा जर्मनी रहेको छ । रुस भने सन् २०३६ मा विश्वको १० औं ठूलो अर्थतन्त्र बन्नेछ ।
इन्डोनेशिया सन् २०३४ मा नवौं ठूलो अर्थतन्त्र बन्ने पनि प्रतिवेदनमा भनिएको छ । एजेन्सी
जेठ २५, सन फ्रान्सिस्को (अमेरिका) । आइफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण सन् २०२२ मा ३० खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।
वेडबुशका डेटा विश्लेषक ड्यान इभ्सले यस्तो बताएका हुन् । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब ५ प्रतिशतले घटेको छ । अहिले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको बजार पूँजीकरण २१ खर्ब डलर आसपास रहेको छ । सन् २०१८ मा पहिलो पटक एप्पलको पूँजीकरण्ण १० खर्ब डलर नाघेको थियो । सन् २०२० मा पूँजीकरणले २० खर्ब डलरको स्तर पार गर्यो ।
इभ्ससमेतका केही विश्लेषकहरुले यस अघि नै पूँजीकरण ३० खर्ब डलरको स्तरमा पुग्नेबारे कुरा गरेका थिए । अबको १२ देखि १८ महीनामा यो कीर्तिमानमा कम्पनीको पूँजीकरण उक्लिने इभ्सले सीएनबीसीको एक कार्यक्रममा मंगलवार बताएका थिए ।
यद्यपि, लोकप्रिय भिडियो गेम फोर्टनाइट निर्माता एपिक गेम्ससँगको अदालती लडाईलगायत सम्भावित केही जोखिमले भने कम्पनीको बजार पूँजीकरणलाई सो स्तरमा पुग्न रोक्न सक्ने इभ्सको भनाइ छ ।
इभ्सले अप्रिलको अन्त्यमा एप्पलको मूल्य लक्ष्य प्रतिकित्ता १७५ डलरबाट बढाएर १८५ डलरमा पु¥याएका थिए । सोमवार नियमति कारोबार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२५ डलर ९ सेन्ट कायम भएको थियो । एजेन्सी