पुस ११, टोकियो । विश्व अर्थतन्त्र पहिलो पटक सन् २०२१ मा १ हजार खर्ब डलर नाघ्ने अपेक्षा गरिएको छ ।
चीन, यसअघि अनुमान गरिएको भन्दा थोरै ढिला अमेरिकालाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ । आइतवार बेलायती परामर्शदाता कम्प्नी सेबरले यस्तो बताएको हो ।
सेबरका अनुसार डलरका आधारमा चीन सन् २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । यो यसअघि अनुमान गरिएको भन्दा दुई वर्ष ढिला हो । भारतीय अर्थतन्त्रले भने आगामी वर्ष फ्रान्सलाई उछिन्नेछ । सन् २०२३ मा भने यसले बेलायतलाई उछिनेर विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्ने पनि सेबरको भनाइ छ ।
२०२० को दशकको सबैभन्दा महत्वपूर्ण सवाल विश्वको अर्थतन्त्रले मुद्रास्फीतिको समस्या कसरी समाधान गर्छ भन्ने भएको सेबरका डेपुटी अध्यक्ष डगलास म्याकविलियम्यसले बताएका छन् ।
प्रतिवेदनअनुसार सन् २०३३ मा आर्थिक उत्पादनका आधारमा जापानलाई उछिन्ने क्रममा जर्मनी रहेको छ । रुस भने सन् २०३६ मा विश्वको १० औं ठूलो अर्थतन्त्र बन्नेछ ।
इन्डोनेशिया सन् २०३४ मा नवौं ठूलो अर्थतन्त्र बन्ने पनि प्रतिवेदनमा भनिएको छ । एजेन्सी