यी हुन् समुन्द्रमा छिट्टै डुब्ने विश्वका पाँच प्रमुख सहर

काठमाडौं। नेदरल्याण्ड्सका अनुसन्धानकर्ताले नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्वका पाँच सहर छिट्टै समुन्द्रमा डुब्ने जनाएका छन्। इण्डोनेसियाका जकार्ता सहर प्रत्येक वर्ष ६.७ इन्च समुन्द्रमा डुबिरहेको छ। सहरको धेरैजसो भाग सन् २०५० सम्म डुबिसक्ने छ। अमेरिकाको ह्यूस्टन सहर प्रत्येक वर्ष दुई इन्च डुबिरहेको छ। बंगलादेशको राजधानी ढाका, इटलीको भेनिस,थाइल्याण्डको बैंकक पनि समुद्रमा विस्तारै डुबिरहेका छन्।

सम्बन्धित सामग्री

बस्नका लागि सबैभन्दा योग्य विश्वका ५ सहर, के-के छन् विशेषता ?

कोरोना महामारीको अन्त्यपश्चात् विश्वभरका सहरहरुमा जीवनको गुणवत्ता पुनः एकपटक सुधार भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लिभेबिलिटी इन्डेक्सका अनुसार सहरहरुको औसत जीवनस्तर पछिल्लो १५ वर्षयताकै सबैभन्दा उच्चस्तरमा पुगेको छ । यो रिपोर्टमा स्थायित्व, स्वास्थ्य, संस्कृति तथा पर्यावरणसँगै शिक्षा र भौतिक संरचनाहरुको आधारमा विश्वका १७३ सहरहरुको मूल्यांकन गरी सूचकांकका आधारमा मापन गरिएको छ । […]

एअर क्वालिटी इन्डेक्स भन्छ: काठमाडौँ विश्वकै प्रदुषित सहर

काठमाडौँ- देशको संघीय राजधानी काठमाडौँ विश्वका प्रदुषित सहरको पहिलो स्थानमा परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्युआइ)को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदुषित सहरको पहिलो स्थानमा परेको हो। एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ। एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। यसैगरी, थाइल्यान्डको चियाङ मेइ दाेस्रो, बंगलादेशको ढाका तेस्रो, […]

इजिप्टको राजधानी कायरो सहर

काठमाडौँ,२८ कार्तिक । हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो । तस्बिर : भीष्मराज ओझा/रासस

ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर

अचेल देशका सहरको वातावरण हेर्दा धेरै नै प्रदूषित देखिन्छ । देशको राजधानी काठमाडौं सहर विश्वका प्रदूषित सहरमध्ये चौथो नम्बरमा परिसकेको छ । घरबाट उत्पन्न फोहोरको समेत उचित तरिकाले व्यवस्थापन हुन नसक्दा बेलाबेलामा बढी नै प्रदूषित हुने गरेको छ । चारैतिरबाट डाँडाकाडाँले घेरेको हुनाले समेत यहाँ उत्पन्न प्रदूषित हावा बाहिर जान नसक्दा झनै प्रदूषित भएको जानकारहरू […] The post ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

काठमाण्डाै – काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।  विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।  नेपालको पोखरा, सिमरा, भरत...

कोभिड महामारीपछि सबैभन्दा सुरक्षित विश्वका तीन सहर

आधुनिक इतिहासमा सम्झना भएसम्म कोभिड-१९ ले जति सहरिया जीवनलाई अरू थोकले प्रभाव पारेको छैन। सहरमा रहेका कार्यालयको बन्दाबन्दी र रेस्टुराँमा लगाइएका प्रतिबन्धदेखि महामारीलाई लिएर अपनाइएका अनिवार्य मास्क लगाउने जस्ता सावधानीका व्यवस्था दीर्घकालसम्म रहने सम्भावना छ। सन् १९२० को सुरुवातमा स्पेनिस फ्लू देखा पर्दा १४ प्रतिशत मानिसहरू मात्रै सहरमा बस्थे तर अहिले उक्त जनसङ्ख्या बढेर ५७ प्रतिशत पुगेको छ। त्यसको परिणामस्वरूप आफ्नो जनसङ्ख्याको रक्षा गर्न सहरहरू स्वास्थ्य र सम्पूर्ण सुरक्षामा अझ चनाखो बन्नुपरेको छ।हालै इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सुरक्षित सहरबारेको इन्डेक्स तयार पारेको छ जसले ६० वटा सहरहरूलाई पूर्वाधार, प्रविधिमैत्री जीवन, व्यक्तिगत सुरक्षा, वातावरणीय प्रभाव र स्वास्थ्यका मापदण्डका आधारमा मूल्याङ्कन गरेको छ। त्यसमा सबैभन्दा बढी सुरक्षित ठहरिएका तीन सहरका महामारीपछि कस्ता परिवर्तनहरू देखिए?कोपनहेगनसूचीमा सबैभन्दा उच्च स्थानमा रहेको डेनमार्कको राजधानी वातावरण सुरक्षाका मापदण्डमा अब्बल देखिएको छ।उक्त मापनमा नवीकरणीय ऊर्जा, वायु गुणस्तर, फोहर व्यवस्थापन र सहरी क्षेत्रमा रहेको वन पर्छन्। ती पूर्वाधारका कारण महामारीसँग जुझ्न उक्त सहरलाई सहज भएको थियो र त्यहाँ सन् २०२१ को सेप्टेम्बरयता निषेधाज्ञाहरू पूर्ण रूपमा हटाइएको छ। महामारीको समयमा कोपनहेगनका पार्क र हरित क्षेत्र एवं जलमार्गहरू व्यापक लोकप्रिय भएको बताइन्छ।उक्त सहरले मानिसहरूलाई महामारीमा सहयोग पुगोस् भनेर कोरोना गाइड समेत तयार गरेको थियो र बाहिरी क्षेत्रमा मानिसहरूले दूरी कायम गरून् भन्नका लागि सङ्केत चिन्हहरू राखिएको थियो।सुरक्षित सहरसम्बन्धी इन्डेक्समा भ्रष्टाचारको नियन्त्रण र सहरको सुरक्षाबीच उच्च सम्बन्ध रहेको पाइएको थियो। विश्वमै सबैभन्दा कम भ्रष्टाचार रहेको डेनमार्कका नागरिकहरूलाई आफ्ना निकायहरू र एक अर्कालाई महामारीको अवधिभर भरोसा गर्नु कुनै आश्चर्यको विषय रहेन।   कोपनहेगनले एउटा वृहत् कोभिड परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ जसअनुसार पर्यटकसहित सबैले निःशुल्क परीक्षण गराउन सक्छन्। उक्त सहरले फोहोर पानीको परीक्षण गरेर महामारीबारे अनुगमन गर्ने प्रक्रिया पनि अघि बढाएको छ।टोरन्टो क्यानडाको दोस्रो ठूलो सहर टोरन्टो पूर्वाधार र वातावरण सुरक्षामा बलियो अङ्कहरू प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।त्यहाँका बासिन्दाले समावेशी संस्कृतिले समुदाय स्तरमा खोपको सचेतना र स्वीकारमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गर्ने गरेका छन्।सहरलाई सुरक्षित बनाउन टोरन्टोले कैयौँ समुदाय विशेषलक्षित खोप कार्यक्रमहरू अघि बढाएको थियो। स्थानीय समुदायले बहुसंस्कृतिको लामो इतिहासले पनि सहरलाई सुरक्षित बनाएको ठान्छन्।सन् १९९८ देखि त्यहाँ बसिरहेकी फिलिपे भेरनान्जा भन्छिन्, 'टोरन्टोमा क्यानडा बाहिर जन्मिएर बस्न आउनु सामान्य हो। मलाई लाग्छ कैयौँ जातीय र सांस्कृतिक समूहहरू एकआपसमा अन्तरक्रिया गर्छन् र एक्लै बस्दैनन्।'विभिन्न जाति र लैङ्गिक एवं धार्मिक समुदायका व्यक्तिहरूका लागि टोरन्टो 'खुला सहर' भएको उनले बताइन्।सिंगापुर डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र पूर्वाधार सुरक्षामा सिङ्गापुर तेस्रो स्थानमा छ।महामारीको प्रारम्भिक दिनमा डिजिटल निगरानी र कन्टयाक्ट ट्रेसिङको काम उसले द्रुत गतिमा अघि बढाएको थियो।उक्त देश आफ्नो उच्च खोप दरलाई लिएर पनि गर्व गर्छ। तर त्यहाँ अहिले पनि नयाँ प्रकारका कोरोनाभाइरस देखा पर्न सक्ने कुरालाई ध्यान दिएर कडा अनुगमन र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएको छ।'कुनै भवनमा प्रवेश गर्नुअघि सबै बासिन्दाहरूले आफ्नो ट्रेसटुगेदर टोकन वा फोन एप सेफइन्ट्री चेक इन गर्नुपर्छ,' यात्रासम्बन्धी ब्लग चलाउने सिङ्गापुरका बासिन्दा साम ली भन्छन्।त्यसबाट अधिकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान गर्न सहज हुने र सङ्क्रमण फैलन रोक्न क्वारन्टीन आदेश जारी गर्न सहज भएको उनको भनाइ छ।यात्रुहरूले सिङ्गापुर प्रवेश गर्नुअघि ट्रेसटुगेदर टोकन लिनुपर्ने या त्यो जडित भएको फोन भाडामा लिनुपर्ने हुन्छ।सार्वजनिक यातायातमा भिडभाड नहोस् भन्नका लागि घरबाटै काम गर्ने अभ्यासलाई बढी प्राथमिकतामा राखिएको छ।सपिङ मल र पर्यटकहरूमाझ लोकप्रिय क्षेत्रमा भीड र सामाजिक दुरी अनुगमन गर्ने व्यक्तिहरू खटाइएको छ र नियम मिच्ने व्यक्तिहरूलाई कडा जरिबानाको व्यवस्था छ। -बिबिसी

यी हुन् विश्वका बस्नलायक दश सहर

नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ, अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन् न्युजिल्यान्डको सहर अकल्यान्ड विश्वमै सबैभन्दा बस्नलायक सहर बनेको छ । यो कोरोना भाइरस (कोभिड–...

यी हुन् सबैभन्दा धेरै ट्राफिक जाम हुने विश्वका दशवटा सहर

विश्वभर बढ्दो सडक ट्राफिक जाम समस्या तथा चिन्ताको विषय बनिरहेको छ । सन् २०२०  मा सबैभन्दा धेरै ट्राफिक जाम रहेका विश्वका १० शीर्ष सहरहरुको सूची सार्वजनिक भएको छ । टमटम ट्राफिक इन्डेक्सले विश्वका ५७ देशका ४ सय १६ देशमा गरेको अध्ययन अनुसार सबैभन्दा उच्च सडक ट्राफिक रहेका विश्वका टपटेन सहर यस्ता छन्ः १. बैंगलोर : […]