नेकपा सांसद कोमल वलीले अमेरिकी संसदमा भएको हिंसात्मक झडपको विरोध गरेकी छन् ।
बिहीवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा वलीले यो घटनाले लोकतन्त्रमा विश्वास गर्ने देशलाई चिन्ता र चुनौती थपेको बताइन् ।
‘अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो, यसले लोकतान्त्रिक मूल्य–मान्यता भएका सबै देशलाई चिन्ता र चुनौती थपेको छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणमा भएको यसखाले घटनाको विरोध गर्दछु,’ वलीले भनिन् ।