पशु सुत्केरी भत्ता कार्यक्रममा किसान आकर्षित

संघीयतामा केही स्थानीय तहका काममा असल अभ्यासको छनक पाइन्छ । संघीय व्यवस्थामा नयाँ शिराबाट काम गर्न उनीहरू उद्यत पनि देखिएका छन् । ७ सय ५३ स्थानीय तहले नौलानौला अभ्यास गरिरहेको पनि पाइन्छ । सिन्धुलीको कमलामाई नगरपालिकाले भने पशु सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ ।