किसानलाई 'पशु सुत्केरी भत्ता' दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्