आयरल्याण्डमा विदेशी यात्रुका लागि सरकारले नयाँ नियमहरू घोषणा गरेको छ । गत मङ्लबार घोषणा गरिएको नयाँ नियमहरू आगामी शुक्रबारदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।
नयाँ नियमअनुसार हरेक आगन्तुकले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसका लागि पूर्ण खोप नलगाएकाहरूले पीसीआरको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएको भए पनि कम्तीमा छ महिनाभन्दा अगाडि नै भएको हुनुपर्ने र १२ वर्षभन्...