काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारका काम हनु नसकेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् । महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो मन्त्रालयमा […]