महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई थोरै बजेट दिनुपनि महिला हिंसाकै एक रुप भएको टिप्पणी गरेकी छिन् । बुधबार मन्त्रालय, कोसिस, महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा गरेको ‘लैङ्गिक हिंसाको सम्वोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले देशको ८० प्रतिशत जनसंख्याको मुद्धालाई सम्वोधन गर्ने मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट दिने गरेको उल्लेख गरिन् । मन्त्री र