महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा रहेको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनी भन्छिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् । ’ उनले यसका लागि कानुन मन्त्रालयलगायत सबै निकायले गम्भिर भएर काम गर्न आग्रहसमेत गरिन् । छलफल कार्यक्रममा उनले हदम्यादका कुरा राख्ने हो भने