जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।विराटनगर महानगरपालिकाको प्रमुख नेपाली काँग्रेसले पाएको छ । सत्ता गठबन्धनबीचको सहमतिअनुसार यादवले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।