विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र २ र जनमत पार्टीका १ जना गरी ३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।अन्य सदस्यहरुसहित उम्मेदवारी दर्ता गराउनेको संख्या ५६ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले प्रमुखमा मनोनयन दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतमले पनि स्वतन