गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र या