प्रचण्डको स्पष्टीकरण : सभामुखलाई हटाउन लागेकोले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गराउन लागियो

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पास गराउने पक्षमा पुगेको बताएका छन् । संसद् बैठक बस्नुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले सांसदहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् । सुरुमा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने भन्दै आएको थियो । तर, गठबन्धन टुट्ने भयले प्रचण्डले एमसीसी पास गराउनेगरि […]

सम्बन्धित सामग्री

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्ध भयोः अध्यक्ष नेपाल

उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए। अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए।...

एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? (भिडियो)

प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रमा मतभेद देखिएको छ । ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गरिएको भएपनि पार्टी भित्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् । यतिमात्र नभएर शीर्ष नेताहरूको अभिव्यक्तिकै कारण माओवादी केन्द्र पुनः फुटको बाटोमा पुगेको चर्चासमेत चल्न थालेको छ । यस सन्दर्भमा पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरूको धारणा चाँहि के छ त ? अब, माओवादी केन्द्र कसरी अघि बढ्छ, पार्ट

व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताउनुभयो । उहाँले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु […]

एमसीसी संसदमा पेश हुनु अगाडी मन्त्रिपरिषद्को बैठक बस्दै

एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज दोस्रो संसद बैठक बस्नु अगाडी मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित पारित गर्नको लागि संसद बैठकमा पेश हुने छ । सत्ता गठबन्धनले आज आइतबार नै एमसीसी पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले आज नै २ वटा संसद बैठक राखेर एमसीसी पास गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राजनीतिक संयन्त्रका संयोजक राम चन्द्र पौडेलले जानकारी दिए।उनका अनुसार बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसदमा उठेका सबै विषय सम्बोधन हुने गरि छुट्टै व्याख्यात्मक घोषणा तयार गरिने र एमसीसीको मुख्य सम्झौतासंगै व्याख्यात्मक घोषणा पनि पारित हुने उनले बताए ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ ।  संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ। यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू

व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल राजी

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा गरेर वैकल्पिक विधिमार्फत पास गर्न सहमत भएको

गठबन्धन जोगाउने प्रचण्ड-माधव सुत्र : असहमतिका बुँदासहित एमसीसी पास गर्ने

उनीहरूले संसदबाट एमसीसी पारितका निम्ति आफूहरूले राख्दै आएको असहमतिका बुँदा पनि अनुमोदन गर्ने उपाय निकालेका हुन् । यस उपायलाई उनीहरूले व्याख्यात्मक घोषणा भनेका छन् ।

गठबन्धन जोगाउने प्रचण्ड-माधव सुत्र : असहमतिका बुँदासहित एमसीसी पास गर्ने

उनीहरूले संसदबाट एमसीसी पारितका निम्ति आफूहरूले राख्दै आएको असहमतिका बुँदा पनि अनुमोदन गर्ने उपाय निकालेका हुन् । यस उपायलाई उनीहरूले व्याख्यात्मक घोषणा भनेका छन् ।