काठमाडौँ : नक्कली लाइसेन्स बाँडिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। अख्तियारको एक टोलीले आज बुधबार यातायात व्यवस्था विभाग पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। विभागले अख्तियारको टोली आएको पुष्टि गरेको छ। अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रिया, त्यसको सफ्टवेयर र त्यसको अपरेशनमा सहभागिहरुका बारेमा जानकारी लिएको थियो। केही कागजातहरु फोटोकपी गरेर अख्तियारले लगेको छ। यसअघि विभागले लाइसेन्स वितरणमा भएको अनियमितताका बारेमा प्रतिव