दैलेख : जिल्लाको महावु गाउँपालिका–५ को सितलहरे खानेपानी योजनामा भएको अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखले छानबिन सुरु गरेको छ। उपभोक्ता समितिका सचिव र गाउँपालिका वडा नम्बर–५ का कार्यालय सहयोगीले योजनाको काम गराउने प्राविधिकलाई कमिसन दिनुपर्ने भन्दै दुई जनाले छुट्टाछुटै गरी १ लाख ५३ हजारको चेक लगेको विषयमा समाचार प्रकाशन भएपछि प्रशासनले छानबिन सुरु गरेको हो। सम्बन्धित कार्यालय र सम्बन्धित उपभोक्ता समितिलाई तत्काल विवरण उपलब्ध गराउन भन्दै जिल्ला प्रशासन कार्यालय